पोखरा बिन्दबासीनिमाईले हामी सबैको मनोकाक्षा पूरा गरुन् : तपाईको आजको राशिफल, विक्रम सम्वत २०७५ साल मंसिर २० गते बिहिबार


सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग -श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल मंसिर २० गते विहिबार नेपाल सम्बत ११३९ कछलागा तदनुसार सन् २०१८ डिसेम्बर ६ तारिक कृष्णपक्ष चतुर्दशी तिथि मध्यान्ह १२ वजेर ८ मिनेटसम्म उप्रान्त औसी तिथि,अनुराधा नक्षत्र राती ५ वजेर ६ मिनेटसम्म उप्रान्त ज्येष्ठा नक्षत्र,सुकर्मयोग,शकुनीकरण, आनन्दादि योग आनन्द,सूर्य वृश्चिक राशीमा,चन्द्रमा पनि वृश्चिक राशीमा ।
मुहूर्त-राहुकालः–

अशुभ अपरान्ह १ वजेर १३ मिनेटबाट २ वजेर ३१ मिनेटसम्म रहनेछ,अशुभ यमघण्टायोगः–विहान ६ वजेर ४२ मिनटबाट ८ वजेसम्म रहनेछ । गुली कालः–सामान्य विहान ९ वजेर १८ मिनेटबाट १० वजेर ३६ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान १० वजेर १० मिनेटबाट १० वजेर ५२ मिनेटसम्म र अपरान्ह २ वजेर २१ मिनेटबाट ३ वजेर २ मिनेटसम्म रहनेछ । अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३४ मिनेटबाट मध्यान्ह १२ वजेर १६ मिनेटसम्म रहनेछ ।

दिन बार वेला-सूर्योदय कालबाट प्रातः ८ वजेसम्म शुभ वेला,८ वजेबाट ९ वजेर १८ मिनेटसम्म रोग वेला,९ वजेर १८ मिनेटबाट १० वजेर ३६ मिनेटसम्म उद्वेग वेला,१० वजेर ३६ मिनेटबाट ११ वजेर ५४ मिनेटसम्म चर वेला,११ वजेर ५४ मिनेटबाट १ वजेर १२ मिनेटसम्म लाभ वेला,१ वजेर १२ मिनेटबाट २ वजेर ३० मिनेटसम्म अमृत वेला,२ वजेर ३० मिनेटबाट ३ वजेर ४८ मिनेटसम्म काल वेला र ३ वजेर ४८ मिनेटबाट सूर्यास्त कालसम्म शुभ वेला रहनेछ ।

रात्री बार वेला
सूर्यास्त कालबाट ६ वजेर ४९ मिनेटसम्म अमृत वेला,६ वजेर ४९ मिनेटबाट ८ वजेर ३१ मिनेटसम्म चर वेला,८ वजेर ३१ मिनेटबाट १० वजेर १३ मिनेटसम्म रोग वेला,१० वजेर १३ मिनेटबाट ११ वजेर ५५ मिनेटसम्म काल वेला,११ वजेर ५५ मिनेटबाट १ वजेर ३७ मिनेटसम्म लाभ वेला,१ वजेर ३७ मिनेटबाट ३ वजेर १९ मिनेटसम्म उद्वेग वेला,३ वजेर १९ मिनेटबाट ५ वजेसम्म शुभ र ५ वजेबाट सूर्योदय कालसम्म अमृत वेला रहनेछ ।

राशी
मेषः–काममा सोचे जस्तो प्रगति हुने छैन । समय अनुकुल भन्दा प्रतिकुल बढि देखिन्छ । मनोरञ्जनात्मक क्रियाकलापमा धन बढि खर्च हुनेछ । महत्वकाँक्षी योजना अगाडि नबढाउनु होला । व्यापार व्यवसायमा गिरावट आउनेछ । मानसिकत तनाव बढि हुनेछ । विश्वासमा अविश्वास थपिनेछ । शत्रु खोज्न टाढा जानु पर्ने छैन ।

वृषः– समयले साथ दिनेछ मिलिजुली काम नगर्नु होला । थोरै प्रयत्न गर्नु होला नयाँ कार्य योजना सजिलै अगाडि बढ्ने छन् । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । विदेश यात्रा हुनसक्ने कुरालाई नकार्न सकिन्न । आफन्तको सहयोग मिल्नेछ ।

मिथुनः–साना साना काम सफल गर्न पनि धेरै संघर्ष गर्नु पर्नेछ । मेहनत गर्न पछि नपर्नु होला परिश्रमको अन्तिम फल मिठो निस्कनेछ । व्यवहारिक सहयोग मिल्ने छैन,अव्यवहारिक व्यक्ति भेटिने छन् । धन लिने दिने काम गर्दा सोच विचार गर्नु होला । दुष्टहरुको बक्रदृष्टि पर्नेछ । व्यापारमा सुधार आउनेछ ।

कर्कटः– गरे जस्तो सोचे जस्तो काममा सफलता मिल्ने छैन । तर गरेका कामबाट आँशिक लाभ भने हुनेछ । दिएको धन डुब्न सक्छ । चिन्तन मननमा मात्रै धेरै समय नफाल्नु होला । प्रेम प्रस्ताव आउन सक्छ । व्यापार व्यवसाय मन्द गतिले अगाडि बढ्ने छन् । मिलिजुली कुनै काम गर्ने रहर नगर्नु होला ।

सिंहः– उपलब्धिका काममा भन्दा भेटघाट रमाईलोमा समय बढि खर्च हुनेछ । आफन्तका कारण धन खर्च हुनेछ । स्पष्ट बोल्दा आफैलाई घाटा हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन घट्नेछ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । विदेशको चहाना बढ्नेछ । पारिवारिक समस्या बढ्ने छन् । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।

कन्याः–साहास,धैर्यता र पराक्रम बढ्नेछ । विज्ञान प्रविधि तथा अग्नि तत्व प्रधान कामबाट लाभान्वित हुनुहुनेछ । पुराना काम धेरै जसो फस्र्योट हुनेछन् । आफन्तको सहयोग मिल्नेछ । राजनीतिमा सक्रियता बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । वोलीको प्रभाव पर्नेछ । संचित धन बढ्नेछ ।

तुलाः– आर्थिक संरचनालाई नचलाई काम गर्नु होला । आफन्त सँग भेटघाट हुनेछ । आफन्तका कारण धन नास हुनसक्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा सामान्य प्रगति हुनेछ । प्राविधिक काममा लगानी नबढाउनु होला । धनको सहयोग नगर्नु होला । कुराको सहयोग गर्दा हुन्छ ।

वृश्चिकः– गलत विचार र गतिरोधको अन्त्य हुनेछ । मान्यजनबाट काम गर्ने हौसला मिल्नेछ । अनावस्यक खर्चमा कमि आउनेछ । भोज भतेर सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्न सक्छ । प्राविधिक कामबाट लाभान्वित हुनुहुनेछ । ऋण लगानी नबढाउनु होला । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ ।

धनुः– समय प्रतिकुल देखिन्छ । काम गर्ने वातावरण विग्रिन सक्छ,सचेत रहनु होला विगतका उपलब्धि गुम्न सक्छन् । काम गरेर लाभ भन्दा हानी बढि हुनसक्छ । व्यापार व्यवसायमा गरेको लगानी खेर जान सक्छ । अनावस्यक विषय बस्तुमा समय लगानी हुनेछ । आफन्त सँगको विश्वास र भरोसा टुट्न सक्छ । फजुल खर्च बढ्नेछ ।

मकरः– समयको सदुपयोग गर्नु होला,अलमलमा नपर्नु होला । वैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ । थोर प्रयत्न गरेमा नयाँ काम हात लाग्न सक्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । जीवन साथिको सहयोगमा आर्थिक उन्नति हुनेछ । व्यापार व्यवसायमा प्रचुर सम्भावना देखिने छन् ।

कुम्भः– गतिरोध हट्नेछ । समयले साथ दिनेछ । विगतका समस्या समाधान भएर जानेछन् । कुरा काट्ने सहयोगको हात फैलाउने छन् । सामाजिक काम गर्दा इज्जत प्रतिष्ठा बढ्नेछ । नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ । वैदेशिक काम काजबाट लाभ हुनेछ । धार्मिक गतिविधि बढ्ने छन् । रमाईलो घुमफिर हुनेछ ।

मिनः– समयमा विस्तारै सुधार आउनेछ । रोकिएका कामले पूर्ण गति लिने देखिन्न । मानसिक तनावमा कमि आउनेछ । धार्मिक विश्वास बढ्नेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । कला साहित्यतिर अभिरुची बढ्नेछ । आफन्तका कारण धन क्षय हुनसक्छ । जिब्रोलाई नियन्त्रणमा राख्नु होला । भाग्यले कम साथ दिनेछ । नोटः–यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित श्रीकण्ठ सुराचार्य ।

प्रतिक्रिया दिनुहोस्