पोखरा बिन्दबासीनिमाईले हामी सबैको मनोकाक्षा पूरा गरुन् : तपाईको आजको राशिफल, विक्रम सम्वत २०७५ साल मंसिर १९ गते बुधबार


सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल मंसिर १९ गते बुधबार नेपाल सम्बत ११३९ कछलागा तदनुसार सन् २०१८ डिसेम्बर ५ तारिक कृष्णपक्ष त्रयोदशी तिथि मध्यान्ह १२ वजेर २१ मिनेटसम्म उप्रान्त चतुर्दशी तिथि, विशखा नक्षत्र राती ४ वजेर २३ मिनेटसम्म उप्रान्त अनुराधा नक्षत्र,अतिगण्डयोग, वणिजकरण,आनन्दादियोग धाता,सूर्य वृश्चिक राशीमा,चन्द्रमा राती १० वजेर १७ मिनेटसम्म तुला उप्रान्त वृश्चिक राशीमा ।

मुहूर्त
राहुकालः–अशुभ पूर्वान्ह ११ वजेर ५४ मिनेटबाट १ वजेर १३ मिनेटसम्म रहनेछ,अशुभ यमघण्टायोगः–विहान ७ वजेर ५९ मिनेटबाट ९ वजेर १८ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य पूर्वान्ह १० वजेर ३६ मिनेटबाट ११ वजेर ५४ मिनेटसम्म रहनेछ रहनेछ । दूरमुहूर्तः–अशुभ पूर्वान्ह ११ वजेर ३३ मिनेटबाट मध्यान्ह १२ वजेर १५ मिनेटसम्म रहनेछ । अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३३ मिनेटबाट मध्यान्ह १२ वजेर १५ मिनेटसम्म रहनेछ ।

दिन बार वेला
सूर्योदय कालबाट प्रातः ७ वजेर ५९ मिनेटसम्म लाभ वेला,७ वजेर ५९ मिनेटबाट ९ वजेर १७ मिनेटसम्म अमृत वेला, ९ वजेर १७ मिनेटबाट १० वजेर ३५ मिनेटसम्म काल वेला,१० वजेर ३५ मिनेटबाट ११ वजेर ५४ मिनेटसम्म शुभ वेला,११ वजेर ५४ मिनेटबाट १ वजेर १२ मिनेटसम्म रोग वेला,१ वजेर १२ मिनेटबाट २ वजेर ३० मिनेटसम्म उद्वेग वेला,२ वजेर ३० मिनेटबाट ३ वजेर ४८ मिनेटसम्म चर वेला र ३ वजेर ४८ मिनेटबाट सूर्यास्त कालसम्म लाभ वेला रहनेछ ।

रात्री बार वेला
सूर्यास्त कालबाट ६ वजेर ४८ मिनेटसम्म उद्वेग वेला,६ वजेर ४८ मिनेटबाट ८ वजेर ३० मिनेटसम्म शुभ वेला,८ वजेर ३० मिनेटबाट १० वजेर १२ मिनेटसम्म अमृत वेला,१० वजेर १२ मिनेटबाट ११ वजेर ५३ मिनेटसम्म चर वेला, ११ वजेर ५३ मिनेटबाट १ वजेर ३५ मिनेटसम्म रोग वेला,१ वजेर ३५ मिनेटबाट ३ वजेर १७ मिनेटसम्म काल वेला,३ वजेर १७ मिनेटबाट ४ वजेर ५९ मिनेटसम्म लाभ र ४ वजेर ५९ मिनेटबाट सूर्योदयसम्म उद्वेग वेला रहनेछ ।

राशी
मेषः– समयको दुरुपयोग नगर्नु होला । थोरै प्रयत्न गर्नु भयो भने नयाँ कार्य योजनाहरु अगाडि बढ्ने छन् । कार्य क्षमता बढ्नेछ । उद्योग धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । बैदेशिक कार्य सफल हुने देखिन्छ । वैदेशिक कार्य सफल हुनेछन् । जीवन साथिबाट सहयोग मिल्नेछ । रजोगुण बढ्नेछ ।

वृषः– सहजता कतै महशुस गर्न पाईने छैन । काममा कडा रुपमा प्रशस्तुत हुनु होला । हल्लाका रुपमा कुनै कुरा नलिनु होला । सामान्य प्रयासबाट कार्य सम्पादन गर्न कठिनाई हुनेछ । परिश्रमको अन्तिम परिणाम राम्रो मिल्नेछ । आत्मबल र आत्म विश्वास बढ्नेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । व्यापार बढ्नेछ ।

मिथुनः–पठन पाठनमा सामान्य प्रगति हुनेछ । आन्तरिक भन्दा बाहिरी काममा चासो बढ्नेछ । समयलाई बुझ्ने प्रयास गर्नु होला यदि सकिएन भने पछि परिनेछ । आय आर्जनका क्षेत्र कमजोर देखिने छन् । लेनदेन कारोवारमा सचेत हुनु आवस्यक छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

कर्कटः– पाईला पाईलामा विचार गरेर हिड्नु होला । घरका समस्यासँग बढि परिचित हुनु पर्ला । आर्थिक कारोवार विग्रिन सक्छ सचेत नभएको खण्डमा । आम्दानीका मार्ग कमजोर देखिन्छ भने खर्चको मात्रा बढ्न सक्छन । व्यापार व्यवसायमा मन्दि आउनेछ । साथी भाई ईष्ट मित्र सँग भेटघाट हुनेछ ।

सिंहः– समयको सदुपयोग गर्नु होला । काम गरे अनुुसारको प्रतिफल पाउन कुनै कठिनाई हुने छैन । उद्योग,धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । आम्दानी खर्चको व्यवस्थापनमा बढि ध्यान दिनु पर्नेछ । साथी भाई बन्धु बर्गादि परिवारबाट सहयोग मिल्नेछ । पढाई लेखाईमा ध्यान जानेछ । काममा ढिला नगर्नु होला ।

कन्याः– समयको गति सगै उपलब्धिका मार्ग प्रशस्त हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पढाई लेखाई तिर भन्दा कमाई तिर मन दौडिने छ । कार्य क्षमता विस्तारै बढ्नेछ । आर्थिक कारोवारमा चनाखो रहनु होला । ईष्ट मित्रको सहयोग सहानुभूति मिल्नेछ । राजनीति तथा नोकरीमा भूमिकाको खोजी हुनेछ ।

तुलाः– शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने छ । उत्तम आसन र भोजन प्राप्तिको योग आज पनि देखिन्छ । फजुल खर्चमा नियन्त्रण आउनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आय बढ्ला । ढिला सुस्ति नगर्नु होला । कुरा धेरै नगर्नु होला आफ्ना आन्तरिक कुरा बाहिरीन सक्छन् जसको परिणाम आफैलाई नोक्सान हुनेछ ।

वृश्चिकः– उपलब्धिका हिसावले दिन त्यति अनुकुल देखिन्न । रिस,अहकार र क्रोधलाई नियन्त्रण गरेर कर्म क्षेत्रमा जानु होला । व्यर्थको घुमाई फिराई बढि हुनेछ । अतिथि सत्कार र धर्मको नाममा खर्च बढ्न सक्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ । काम काजमा समस्या आउने देखिन्छ । विवाद पर्न सक्छ सतर्क रहनु होला ।

धनुः– ग्रह,गोचर अनुकुल नै देखिन्छ । समयमा गरेका काम सफल हुनेछन् । ढिला सुस्ति गर्नु भयो भने उपलब्धिका अवसर गुम्ने सम्भावना रहनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । परिवारमा सुख शान्ति मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । कमाएको धन अरुलाई राख्न नदिनु होला । ऋणमा काम नगर्नु होला ।

मकरः– आजको दिन पनि अनुकुल नै देखिन्छ । समयले साथ दिनेछ । अधुरा काम सफल हुनेछन् । तपाईको कामबाट अरु पनि प्रभावित हुने छन् । गएका ठाँउमा मान सम्मान पाईने छ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । समाजमा इज्जत प्रतिष्ठा बढ्नेछ । पढाई लेखाईमा सुधार आउनेछ । वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ ।

कुम्भः– मनोविकार हट्नेछ । दीक्षा यात्रा हुनसक्छ । बाहिरी काममा बढि चासो हुदा आफ्ना कामले प्रथमिकता पाउने छैन । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । आस्था र विश्वास बढ्नेछ । घर परिवारबाट सहयोग थोरै मिल्नेछ । पढाई लेखाईमा मन जानेछ । उपकारी काम हुनेछन् । मनकारी भेटिने छन् ।

मीनः– काम गर्ने बातावरण अझै बन्ने छैन । मानसिक चिन्ता घट्ने छैन । पढाई लेखाईमा सोचे जस्तो प्रगति हुने छैन । लगानी अनुसारको व्यापार व्यवसायबाट प्रतिफल मिल्ने छैन । चिसोबाट बच्नु होला । शरीरिक पीडा हुनसक्छ । सन्तानका विषयले तनाव बढाउनेछ । अनावस्यक काममा समय र धन खर्च हुनेछ ।
नोटः–यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित श्रीकण्ठ सुराचार्य ।

प्रतिक्रिया दिनुहोस्