पशुपतिनाथले हामी सबैको कल्याण गरुन्, राशिफलमा हेर्नुहोस् तपाईको यो साता कस्तो छ र जान्नुहोस् आफ्नो भाग्य


मेषः– सोमबार साँझ सम्मको समय बढि संघर्षपूर्ण रहला । काममा प्रतिपश्र्धा गर्नु पर्नेछ । मुद्धा मामिला पर्न सक्छ । मंगलबार र वुधबार अनुकुल देखिन्छ । लगनशिलताका अधारमा काम गर्दै जादा झिना मसिना समस्या समाधान भएर जाने छन् । आत्म विश्वास बढ्नेछ । प्रेमिकाबाट सहयोग मिल्नेछ । अबरुद्ध कामले गति लिनेछ र सम्पन्न पनि हुनेछन् । सामाजिक क्षेत्रमा लगानी बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । विहिवार देखि समय प्रतिकुल देखिन्छ ।खर्च वृद्धि हुनेछ । दैनिक काममा अवरोध आउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृषः–रविबार र सोमबार काम गर्दा अलमल हुनसक्छ । पठन पाठन सुचारु रुपमा अगाडि बढ्ने छन् । व्यापारबाट अल्प लाभ हुनेछ । मंगलबार र बुधबार संघर्ष पूर्ण रहनेछन् । शत्रुहरुको उदय हुनसक्छ काम गर्दा हेलचक्र्याई नगर्नु होला । अरुको भर नपरि काम गर्नु होला । प्रतिश्पर्धाबाट टाढा नभाग्नु होला । विहिबार र शुक्रबार केहि नयाँ काम हुनसक्छन् । अवरुद्ध काम सम्पादन हुनेछन् । सहयोगी हात भेटिने छन् । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो अम्दानी गर्न सफल हुनुहुनेछ । मिलेर भने काम नगर्नु होला । शनिबार कमजोर दिन रहनेछ । लेनदेन कारोवार गर्दा सतर्क रहनु होला ।

मिथुनः– साताका अधिकाँश दिन त्यति अनुकुल देखिन्न । पारिवारिक समस्या झेल्नु पर्नेछ । मित्रहरुले धोका दिन सक्छन् । कार्य क्षेत्रमा दुष्टजनको आगमन हुनेछ । जोखिमपूर्ण काममा हात नहाल्नु होला । स्वास्थ्यमा समस्या आउन सक्छ । लगानी अनुसारको व्यापार व्यवसायबाट लाभ लिन सकिने छैन । बुधवार साँझ देखि समयमा क्रमिक सुधार आउनेछ । संघर्षबाट रोकिएका काम बन्ने छन् । व्यिापारमा सुधारका संकेत देखिनेछन् । गोपनियता अप्नाएर काम गर्नु होला । पारिवारिक सुख शान्ति बृद्धि हुनेछ । लक्ष्य प्राप्तिको लागि कार्य लगनशिलता बढाउनु पर्ने देखिन्छ ।

कर्कटः– आईतबार र सोमबार थोरै अनुकुल देखिन्छ । सहास,धैर्यता र पराक्रम बढ्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पर्न सक्छ । व्यापार व्यवसायबाट मुनाफा लिन सकिनेछ । बुधबार साँझ बाट समयले साथ दिने छैन । कर्म क्षेत्रमा अनेक समस्या आउने छन् । बन्न लागेका काम रोकिने सम्भावना पनि त्यत्ति कै देखिन्छ् । शरीरिक एवं मानसिक रुपमा काम गर्न असक्षम हुनुहुनेछ । व्यापारमा गरेको लगानी डुब्न सक्छ । विश्वास घात हुनेछ । साताको अन्त्यतिर पढाई लेखाईमा सामान्य सुधार आउनेछ । मानसिक तनावमा कमी आउनेछ ।

सिंहः– बुधबार सम्म समय अनुकुल जस्तै देखिन्छ । भोज भतेर सभा समारोहमा भाग लिने अवसर प्राप्त हुनेछ । कार्य क्षमता र दक्षताको विकास हुनेछ । व्यापार व्यवसायबाट लगानी अनुसारको मुनाफा लिन सकिनेछ । आफ्नै पहलमा केहि नयाँ काम हुनेछन् । सुखद् समाचार सुन्न पाइनेछ । मित्रहरु भेटिने छन् । पढाई लेखाईमा प्रगति हुनेछ । वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ । सताका अन्तिम २ दिन थोरै प्रतिकुल हुनसक्छन् । पारिवारिक समस्या बढ्ने छन् । बन्न लागेका काम विग्रिने छन् । विश्वास गरेकाले धोका दिने छन् । कार्य शिथिलता बढ्नेछ ।

कन्याः– साताका अधिकाँश दिन उपलब्धिपूर्ण रहनेछ । संयमित भएर काम गर्नु होला धेरै ठाँउमा सफलता मिल्नेछ । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । शिर झुकाएर काम गर्नु पर्ने छैन । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । साताको अन्त्यतिर केहि नयाँ काम हात लाग्ने छन् । विदेश यात्राको योग रहेकोछ । आर्थिक पक्ष बलियो बन्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । संचित धन बढ्नेछ । साथी भाई इष्टमित्रबाट सहयोग मिल्नेछ ।

तुलाः– प्रारम्भमा आकस्मिक खर्चको योग देखिन्छ । विशेष गरेर आइतबार र सोमबार प्रतिकुल देखिन्छ । पारिवारिक समस्या बढ्ने छन् । जोखिम मोलेर काम गर्दा डुबिनेछ । समयमा काम गर्न सकिने छैन । आफन्तमा वैरभाव उत्पन्न हुन सक्छ । व्यर्थको घुमाई फिराई हुनेछ । मंगलबार र बुधबार समयले थोरै साथ दिनेछ । सभा समारोह एवं भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । रोकिएका काम बन्ने छन् । विहिवार र शुक्रबारका दिन सामान्य अनुकुल रहला । आर्थिक पक्षलाई बढि महत्व दिनु होला । शनिबारको दिन महत्वपूर्ण रहनेछ ।

वृश्चिकः–रविबार र सोमबारको समय अत्यन्त बलवान देखिन्छ । उद्योग धन्दा बन्द व्यापारबाट आम्दानी बढ्नेछ । कार्र्य क्षमता बढ्नेछ । पुराना काम फस्र्योट हुनेछन् । आर्थिक पक्ष मजवुत हुनेछ । नोकरी तथा राजनीतिमा नयाँ सम्भावना देखिन्छ । मंगलबार बाट वुधबार साँझ सम्म समय प्रतिकुल रहला । अनावस्यक खर्चमा वृद्धि हुनेछ । काम गरे फाइदा अरुले लिने छन् । व्यापार व्यवसायमा गिरावट आउनेछ । नोकरी तथा राजनीतिमा तल परिनेछ । लक्ष्यमा पुग्न गाह्रो हुनेछ । विहिवार र शुक्रबार भने उत्साहका साथ व्यतित हुने देखिन्छ । शनिबार मध्यम देखिन्छ ।

धनुः– साताको अन्त्यतिरका २ दिन खराव देखिन्छ आर्थिक संरचनालाई नचलाउनु होला । ऋण लगानी गर्दा डुब्ने डर हुनेछ । आफन्त बनेर धोका दिने छन् । चोटपटकको भय देखिन्छ । जोखिम मोलेर काम नगर्नु होला । अन्य दिन भने अत्यन्त अनुकुल रहेका छन् । काम गर्ने जोश जागर बढ्नेछ । प्रयत्न गर्दा नयाँ काम हात पर्नेछ भने आर्थिक उन्नति हुनेछ । व्यापार व्यवसायमा नयाँ आम्दानीका मार्ग खुल्ने छन् । नोकरी तथा राजनीतिमा प्रयत्न गर्दा अवसर आउनेछ । परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । समाजमा इज्जत प्रतिष्ठा बढ्नेछ ।

मकरः–साताको अन्तिम दिन शनिबार खराव देखिन्छ । संचित धन नास हुनसक्छ । स्वास्थ्यमा समस्या आउनेछ । मिथ्या आरोप लाग्न सक्छ । हेलचक्र्याई गरेर काम नगर्नु । साताका अन्य दिन भने अनुकुल रहलान् । रविबार र सोमबार यात्राको योग देखिन्छ । मंगलबार देखि कामले गति लिनेछ । अपुरा अधुरा काम सम्पादन हुनेछन् । प्रयत्न गर्दा नयाँ काम हात लाग्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । आर्थिक उन्नति सन्तोषजनक रहनेछ । उद्योग धन्दा बन्द व्यापारबाट मुनाफा राम्रै हुनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ ।

कुम्भः– आईतबार र सोमबार साताकै खराव दिन हुनेछन् । नयाँ काममा हात नहाल्नु होला । अनावस्यक झै झमेला आई लाग्ने देखिन्छ । फजुल खर्च बढ्नेछ । आहार विहारका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । चोटपटको भय देखिन्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ । आत्म गलानी हुनेछ,मनमा शान्ति मिल्ने छैन । मंगलबार र बुधबार सामान्य देखिन्छ भने शेष दिन राम्रा रहेका छन् । अबरुद्ध काम अगाडि बढ्ने छन् । उद्योग पराक्रम बढ्नेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । सहयोगी मित्र भेटिने छन् । सामाजिक उत्तरदायित्व बढ्नेछ ।

मिनः– रविवार र सोमबार साताकै उत्कृष्ट अनुकुल दिन मानिने छन् । दामपत्य जीवनको शुरुवात हुनसक्छ । वैदेशिक कार्य अगाडि बढ्ने छन् । प्रयत्न गरेमा नयाँ रोजगारी मिल्नेछ ।व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । शेष साता खराव देखिन्छ । अनावस्यक काममा श्रम र धन लगानी हुनसक्छ । काम गरेर जश पाईने छैन । काम गर्ने उत्साहा घट्नेछ । असहयोगी भन्दा दुष्टहरु बढि भेटिने छन् । स्वास्थ्य कमजोर बन्नेछ । विहिबार बाट समयमा विस्तारै सुधार आउनेछ । रोकिएका काम अगाडि बढ्ने छन् । –पंडित श्रीकण्ठ सुराचार्य

प्रतिक्रिया दिनुहोस्