पोखरा बिन्दबासीनिमाईले हामी सबैको मनोकाक्षा पूरा गरुन् : तपाईको आजको राशिफल, विक्रम सम्वत २०७५ साल मंसिर १८ गते मगंलबार


सूर्यशौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग-श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल मंसिर१८ गते भौमबार नेपाल सम्बत ११३९ कछलागा तदनुसार सन् २०१८ डिसेम्बर ४ तारिक कृष्णपक्ष द्वादशी तिथि अपरान्ह १ वजेर ३ मिनेटसम्म उप्रान्त त्रयोदशी तिथि,स्वाती नक्षत्र राती ४ वजेर १० मिनेटसम्मउप्रान्त विशखा नक्षत्र,शोभनयोग,तैतिलकरण,आनन्दादियोग ध्वज,सूर्य वृश्चिक राशीमा,चन्द्रमा तुला राशीमा ।

मुहूर्त – राहुकालः–अशुभ अपरान्ह२ वजेर ३०मिनेटबाट ३ वजेर ४८ मिनेटसम्म रहनेछ,अशुभ यमघण्टायोगः– विहान ९ वजेर १६ मिनेटबाट १० वजेर ३५मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य पूर्वान्ह ११ वजेर ५४मिनेटबाट अपरान्ह १ वजेर १२मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान ८ वजेर ४६ मिनेटबाट ९ वजेर २८ मिनेटसम्म र राती१० वजेर ३३मिनेटबाट ११ वजेर १४मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३३मिनेटबाट मध्यान्ह १२ वजेर १५ मिनेटसम्म रहनेछ ।
दिन बार वेला- सूर्योदय कालबाट प्रातः ७ वजेर ५८मिनेटसम्म रोग वेला,७ वजेर ५८मिनेटबाट ९ वजेर १६मिनेटसम्म उद्वेग वेला,९ वजेर १६मिनेटबाट १० वजेर ३५मिनेटसम्म चर वेला,१० वजेर ३५मिनेटबाट ११ वजेर ५३मिनेटसम्म लाभ वेला,११ वजेर ५३मिनेटबाट १ वजेर ११मिनेटसम्म अमृत वेला,१ वजेर ११मिनेटबाट २ वजेर ३०मिनेटसम्म काल वेला,२ वजेर ३०मिनेटबाट ३ वजेर ४८मिनेटसम्म शुभ वेला र ३ वजेर ४८मिनेटबाट सूर्यास्त कालसम्म रोग वेला रहनेछ ।
रात्री बार वेला-

सूर्यास्त कालबाट ६ वजेर ४८ मिनेटसम्म काल वेला,६ वजेर ४८ मिनेटबाट ८ वजेर ३० मिनेटसम्म लाभ वेला,८ वजेर ३० मिनेटबाट १० वजेर ११ मिनेटसम्म उद्वेग वेला,१० वजेर ११ मिनेटबाट ११ वजेर ५३ मिनेटसम्म शुभ वेला,११ वजेर ५३ मिनेटबाट १ वजेर ३५ मिनेटसम्म अमृत वेला,१ वजेर ३५ मिनेटबाट ३ वजेर १६मिनेटसम्म चर वेला,३ वजेर १६मिनेटबाट ४ वजेर ५८मिनेटसम्म रोग र ४ वजेर ५८मिनेटबाट सूर्योदय कालसम्म काल वेला रहनेछ ।

राशी
मेषः– समयले साथ दिनेछ । नोकरीमा भूमिकाको खोजी हुनेछ । बादविबाद मुद्धा मामिलामा जीत हुनेछ । लोभमोह बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति कम हुनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । बैदेशिक कार्यमा सफलता मिल्नेछ । पढाई लेखाईमा ध्यान जाने छैन । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

वृषः–विरोधी सक्रिय हुनेछन् बढि खुल्ला रुपमा प्रस्तुत नहुनुहोला । तर अन्तिमा त तीनले केहि गर्न सक्ने छैनन । गोप्य सूचना भने नचुहाउनु होला । संघर्षबाट सफलताका सिढि चढ्न सकिनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । सुरक्षित आर्थिक करोवार गर्नु होला । शैक्षिक गतिविधि कम हुनेछन् । प्रतिश्पर्धाबाट नभागि अगाडि बढ्नु होला ।

मिथुनः–भुलभुल्यैमा पार्न सक्छन् सतर्क भएर काम गर्नु होला । समयमा निर्णय लिन सकिएन भने आफ्नो ठाँउ अरुले लिने छन् । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । प्रेम प्रस्ताव आउन सक्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । चालु पुँजीको अभावमा काम गर्न गाह्रो हुनेछ । धन दिएर आफन्तलाई टाढा नबनाउनु होला ।

कर्कटः– शरीरिक एवं मानसिक शिथिलता बढ्नेछ । भाई बन्धुको सहयोग कम मिल्नेछ । विवादित काममा हात नहाल्नु होला । धन सम्पतिको विषयलाई लिएर बढि टाउको दुखाई हुनेछ । घर परिवार तथा आतिथ्यता खर्चमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । पुरानो साथी सँग भेट हुनेछ ।

सिंहः– काम गर्ने जोश जागर बढ्नेछ । वैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ । आफ्नै बाहुबलबाट आर्थिक उन्नति हुनेछ । घर परिवारबाट सहयोग मिल्नेछ । नोकरी तथा राजनीति कम फलदायी देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । बौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ ।

कन्याः– काममा बोलीको प्रभाव पर्नेछ । संचित धनमा वृद्धि हुनेछ । ईष्टमित्रबाट सामान्य सहयोग पाईनेछ । घरका समस्या मिलाउन समय लाग्नेछ । ऋण लगानीमा जोड नदिनु होला । लगनशिल भई यत्नपूर्वक गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य लाभ होला । राजनीति दाउपेच चल्नेछ ।

तुलाः– शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । आफ्नो काम गर्न आफै सक्षम हुनु हुनेछ। भोज भतेर तथा सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । रोकिएका काम अगाडि बढ्ने छन् । व्यापारमा क्रमिक सुधार आउनेछ । पढाई लेखाईमा प्रगति कम हुनेछ । लोभमोह बढ्नेछ । ईष्टमित्र साथी भाईबाट सहयोग मिल्नेछ ।

वृश्चिकः–मनोरञ्जनात्मक खर्च बढ्नेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ । झट्ट विश्वास गरेर कुनै काम नगर्नु होला । आतिथ्यता खर्च बढ्नेछ । इज्जतमा दाग लाग्न सक्छ सतर्क रहनु होला । पढाई लेखाईमा ध्यान जानेछैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला गरेमा डुब्नेछ ।

धनुः– समय सामान्य अनुकुल देखिन्छ । मनोवाञ्छित काम पुरा हुने देखिन्छ । विना उपलब्धिको राजनीतिसक्रियता बढ्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । परिवारमा सुख शान्ति मिल्नेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । लेनदेन कारोवारमा सामान्य सुधार हुनेछ ।

मकरः–समयले पूर्ण साथ दिनेछ । काममा देखिएका समस्या समाधन हुनेछन् । विवादित कामको टुङ्गो लाग्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । उदाहरणीय काम हुनेछन् । तपाईबाट अरुले पनि प्रेरणा लिने छन् । सामाजिक उत्तरदायित्व बढ्नेछ । राजनीति तथा नोकरीमा भूमिकाको खोजी हुनेछ । गएका ठाँउमा मान सम्मान मिल्नेछ ।

कुम्भः–समयमा सुधार आउनेछ । रोकिएका काम विस्तारै अगाडि बढ्ने छन् । उपकारी काम हुनेछन् । धार्मिक गतिविधि बढ्ने देखिन्छ । अरुको कल्याण गर्दा आफ्नो कल्याण कम हुनेछ । फलदायी यात्राको योग पनि देखिन्छ । नोकरी तथा राजनीतिमा सफल हुनुहुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । आस्था र विश्वास बढ्नेछ ।

मिनः– समय प्रतिकुल देखिन्छ,जोखिम मोलेर कुनै काम नगर्नु होला । सोचाई र गराईको तालमेल मिल्ने छैन । मानसिक चिन्ता बढ्नेछ । पढाई लेखाईमा अवनति हुनेछ । विचार पु¥याउनु होला,व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । आस्था र विश्वास घट्नेछ । मित्रबाट धोका हुनसक्छ ।
नोटः–यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित श्रीकण्ठ सुराचार्य ।

प्रतिक्रिया दिनुहोस्