भाई टिकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा


आजको दिन अधिकांश निधारहरु सप्तरङ्गी हुन्छन्, दिदीवहिनी नभएकाहरुले कसैलाई दिदीवहिनी मानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टिका लगाउने अनि सामूहिक भाइटिकामा जाने चलन पनि छ । भाई टिकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमारहेको छ । यस शुभ साइतमा दाजू-भाइहरू पश्चिम मुखासन भर्इ बस्ने तथा दिदीबहिनीहरू पूर्वाभिमूख भर्इ दाजू-भाइहरूलार्इ टिका लगार्इ शुभाशिष दिर्इ शुभ सगून ख्वाउनु उत्तम हुन्छ । सप्तरङ्गी टिकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरीवल, छोहडा, मिठार्इ, मरमसाला लगायतका खानेकुराहरुसहित आज दिदीवहिनीले दाजूभाइको पूजागर्ने चलन छ ।

 

प्रतिक्रिया दिनुहोस्