सरकारी जागिर खाने हो ? नेपाल बैंक लिमिटेडले खोज्यो ३९६ जना कर्मचारी


सरकारी जागिर खान चाहनेहरुको लागी खुसिको खबर आएको छ ।सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म नेपाल बैंक लिमिटेडले दरखास्त आह्वान गरेको छ।नेपाल बैंक लिमिटेडले ३९६ जना कर्मचारी माग गरेको हो । दरखास्त भनै चाहलेहरुले मंसिर ६ गते भित्र आवेदन दिन सक्ने व्यवस्था रहेको छ।नेपाल बैंक लिमिटेडले आह्वान गरेको दरखास्तको लागि अनलाइमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

नेपाल बैंक लिमिटेडले प्रबन्धकमा खुला ४३ र बाँकी समावेशी ३५ जना माग गरेको छ।त्यस्तै सुचना प्रविधाका लागि पनि २ जना सहायक प्रबन्धक माग गरेको छ । नेपाल बैंक लिमिटेडले आह्वान गरेको दरखास्तमा प्लस टु देखि स्नातक उतिर्ण सम्मकाले विभिन्न पदमा दरखास्त दिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्