जुवातास खेल्ने ३८ जना पक्राउ


काठमाडौं । बर्दिया र जुम्लामा अवैध रुपमा जुवा तास खेल्ने ३८ जना पक्राउ परेका छन् । उक्त दुई जिल्लामा अवैध रुपमा जुवा तास खेलिरहेको अवस्थामा ३८ जना पक्राउ परेका हुन् । बर्दियाको बढैयाताल गाउँपालिका–१ खल्लागाउँ बस्ने २८ वषीय रामु थारुको घरमा तास खेलिरहेको अवस्थामा ५० हजार नगदसहित २४ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

जुम्लाको चन्दननाथ नगरपालिका–६ बस्ने कटकबहादुर थापाको पुलहाउसमा अवैध रुपमा जुवा खेल्ने १४ जनालाई दुई लाख ५१ हजार नगदसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्