छक्का पञ्जा ३ का दर्शकले टिकटको पैसा फिर्ता मागे, पोखराको हल एकछिन तनबग्रस्त (भिडियो)


पोखराको तेर्सपट्टीमा रहेको कल्पना सिनेमा हलमा दर्शकहरु ठूलो–ठूलो स्वरले कराउँदै थिए । टिकेटको पैसा डबल फिर्ता दिनु पर्ने र साथमा पार्किङको पैसा पनि फिर्ता दिनुपर्ने भन्दै छक्का पञ्जा ३ का दर्शक भन्दै थिए । नेपाली कथानक चलचित्र छक्का पञ्जा ३ घटस्थापनाबाट देश भरी लागिरहेको छ । पोखराको कल्पना सिनेमा हलमा भने टिकट काटेको आधा घण्टा सम्म पनि फिल्म नचलेपछि दर्शक आन्दोलित भएका हुन् । निर्धारित समय भन्दा आधा घण्टा हुदा सम्म फिल्म चल्ने सुरसार नहुँदा दर्शकले टिकटको पैसा फिर्ता मागेको बुझीएको छ । यता फिल्म हलले भने प्राबिधिक कारण बस केही ढिला भएको बताएको छ । हेरौं फिल्महलको आक्रोश

प्रतिक्रिया दिनुहोस्