पाकिस्तानका पुर्व प्रधानमन्त्री नवाज शरीफ जेल मुक्त हुने


जेल जीवन बाँची रहेका पाकिस्तानका पुर्व प्रधानमन्त्री नवाज शरीफ रिहा हुने भएका छन् । पाकिस्तानको उच्च अदालतले जेल सजाय खारेज गर्न आदेश  दिएपछि उनी रिहा हुने भएका हुन् । इस्लामावाद उच्च अदालतले पाकिस्तानकका पूर्व प्रधानमन्त्री नवाज शरीफ र उनका परिवारका दुई जनाको जेल सजाय खारेज गरिदिएको छ ।

नवाज शरीफलाई गएको जुलाईमा १० वर्ष जेल सजाय र १० दशमलव ५ मिलियन डलर जरिवाना सुनाइएको थियो । त्यस्तै उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय र २ दशमलव ६ मिलियन डलर सजाय र ज्वाई सफदारलाई एक वर्ष कैद सजाय सुनाइएको थियो ।

भष्ट्राचारको मुद्दामा जेल चलान भएका पाकिस्तानी पूर्व प्रधानमन्त्री र उनका परिवारका सदस्यको जेल सजाय अदालतले खारेज गरिदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार लेखेका छन् । गएको जुलाईमा लण्डनमा रहेको फ्ल्याटको स्रोत खुलाउन नसकेपछि शरीफसहित परिवारका अन्य दुई सदस्यलाई अदालतले जेल सजाय तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्