कार्टुञ्ज क्रु र भिमफेदी गाइज ‘फ्लप सङ्ग’को भिडियो युट्युवको ट्रेन्डिङमा


काठमाडौ । कार्टुञ्ज क्रु र भिमफेदी गाइज एउटै भिडियोमा देखा परेका छन् । यी दुईको सहकार्यमा ‘फ्लप सङ्ग’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियो यतिबेला युट्युवको ट्रेन्डिङमा पर्न सफल भएको छ ।। गीतमा स्वर, संगीत र शब्द आशुसेन लामाको रहेको छ ।

भिडियोमा कार्टुञ्ज क्रुबाट आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा डि लामा, राम घले, सुविन चौलागाई र सजन चौहान देखिएका छन् । यस्तै भिमफेदी गाइजको तर्फबाट भिडियोमा निर्मल लामा, अन्जान लामा, मन्जित लामा, मिथुन लामा र सविन लामा देखिएका छन् ।भिडियो आएसँगै यी दुई समुहलाई एउटै भिडियोमा हेर्ने दर्शकको चाहना समेत पुरा भएको छ । युट्युवभरि शुभचिन्तकहरुले तारिफको वर्षा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्