‘दबंग’ गर्ल सोनाक्षी कलंकका कारण दंग !


एजेन्सी- ‘दबंग’ गर्ल सोनाक्षी सिन्हाले फिल्म ‘कलंक’को एक हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरेकी छिन् । समाचार अनुसार उनले फिल्म कलंकमा पाउदा खुसी भउको बतायएको छ । उनले यस फिल्म खेल्नका लागि धेरै फिल्मका लागि आएको प्रस्ताव अस्वीकार गरेको समेत बताइएको छ ।अनुराग वसु निर्देशित यो फिल्म एक कालखण्डको नाटक हो ।

सोनाक्षीका अनुसार यस्तो कथाले मानिसलाई अर्को युगमा लैजानेछ । फिल्ममा सञ्जय दत्त, माधुरी दीक्षित, वरुण धवन, आलिया भट्टलगायत कलाकार रहेकाले पनि सोनाक्षी बढी आशावादी भएकी हुन् ।केही समयअघि प्रदर्शन भएको फिल्म ‘ह्याप्पी फिर भाग जायगी’ सुपर फ्लप भएको थियो । सोनाक्षी प्रदर्शन हुन लागेको फिल्म कलंकबाट फेरि दर्शकको दिलमा बस्न पाइने आशामा छिन् ।

प्रतिक्रिया दिनुहोस्