अनिल चढेको साईकल जोगाउन खोज्दा तिब्र गतीको बस पल्टियो, पल्टिएको बसले च्याप्दा अनिसँगै कसरुङ्गको समेत ज्यान गयो


कैलालीमा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । कैलालीको लम्कीचुहा नगरपालिका ३ बल्चौरमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य ४ जना घाइते समेत भएका छन् । बस पल्टिँदा बसमा सवार कंचनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ राम बस्तीका कसरुङ्ग तामाङको समेत ज्यान गएको र थप ४ जना घाइते भएका छन् ।

त्यस्तै प्रहरीका अनुसार लम्की चुहा नपा ३ स्थित बल्चौरका १४ वर्षीय अनिल बादीको पनि ज्यान गएको छ । उनलाई बचाउन खोज्दा बस पल्टिएको थियो । उनी साईकलमा सवारी थिइन् । उनी सवार साइकललाई बचाउन खोज्दा दुर्घटना भएको हो ।

दुवैको अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक पुष्कर चन्दले जानकारी दिए । अनिल र कसरुङ्ग दुर्घटनामा घाइते भएपछि उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । अन्य ४ जनाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट धनगढी आउँदै गरेको से १ ख ११८८ नंम्बरको यात्रुबाहक बस ४ बजेर ४० मिनेट जाँदा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । सवारी दुर्घटना न्युनिकरण गर्न सम्बन्धीत निकायले ध्यान दिनुपर्ने स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्