हातमा खेलाइरहेको बिषालु सर्प स्वाट्टै निलिदिने खतरनाक व्यक्ति यीनै हुन्


सर्पले डस्दा नेपालमा बर्षेनी थुप्रैले ज्यान गुमाउन परेको हुन्छ । अझ विशेष गरी नेपालको तराई तथा मधेशका जिल्लामा सर्पले डस्दा धेरैको ज्यान जाने गरेको छ । सरकारले सर्पले डस्दा प्रयोग गरीने एन्टी स्नेक भेनम नामक औषधी निसुल्क रुपमा सर्पको बिगबीगि रहेका जिल्लामा पठाइने गरेको छ । विशेष गरी गर्मी मौसमा बिषालु सर्पको आतंक हुने गरेको छ ।

तर भारतको उत्तर प्रदेशमा एक व्यक्तिले जिउँदै सर्प निलेका छन् । अमरोहमा रक्सीको नशामा लठ्ठ ४० वर्षिय महिपाल सिंहले जिउँदै सर्प निलेका हुन् । गाउँलेहरुकै उक्साहटमा महिपालले उक्त सर्पलाई मुखमा हालेर निलेका थिए । नशामा लठ्ठ महिपालले बाटोमा हिँडिरहेको सानो सर्पलाई घुमाई घुमाइ खेलाईरहेका थिए । त्यत्तिकैमा गाउँलेहरु जम्मा भएर उनलाई उक्साएका थिए ।

गाउँलेहरु चकित त बने । तर सर्प निलेको केही समयमै महिपालको स्वास्थ्यमा समस्या देखिन थाल्यो । उनले बमिट गरे । तर सर्प निस्किएन । गाउँलेहरुले नै उनलाई अस्पताल त पु¥याए । तर सर्प निलेको ४ घण्टापछि महिपालको मृत्यु भएको छ । महिपालले उक्त सर्पलाई निलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्