गुडीरहेको ट्याक्टरले लियो २८ बर्षीय मिना विकको ज्यान, ट्याक्टरको ठक्करबाट गम्भीर भएकी मिना अन्तत हारिन्


कपिलवस्तुमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । कपिलवस्तुमा भएको ट्याक्टर दुर्घटनामा १ जनाको ज्यान गएको हो । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ३ कर्मना तौलिहवामा भएको दुर्घटनामा बाणगंगा नगरपालिका ११ बस्ने वर्षीया २८ की मीना बिकको मृत्यु भएको हो ।

लु ३ त ५२१९ नम्बरको ट्याक्टरले ठक्कर दिंदा मीना बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउसो तौलिहवाबाट ४ नं तर्फ जाँदै गरेको ट्याक्टरले बिपरित दिशातर्फ आउँदै गरेको लु ४ प ४७९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार बिक गम्भीर घाइते भएकी थिइन् ।

घाइते बिकको बुटवलस्थित क्रिम्सन हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक रबि रावलले बताए । ट्याक्टर र मोटरसाइकल इलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा राखिएको छ भने अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्