३८ क्विन्टल सुन तस्करी प्रकरणमा निलम्बित नेपाल प्रहरीका एसएसपी दिवेस लोहनीलाई थुना मुक्त गर्न उच्च अदालतको आदेश (आदेश सहित)


थुनामा रहेका नेपाल प्रहरीका निलम्बित एसएसपी दिवेस लोहनीलाई थुनामुत्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत बिराटनगरले यस्तो आदेश दिएको हो । ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उनी थुनामा छन् । उनी पूर्पक्षका लागि थुनामा रहेका थुनामुक्त गर्न अदालतले आदेश दिएको हो ।

यसअघि मंगलबार डिएसपी सञ्जयबहादुर राउतलाई समेत थुनामुक्त गर्न अस्विकार गरेको उच्च अदालतले उनलाई भने थुनामुत्त गर्न आदेश दिएको हो । लोहनीले असार ७ मा थुनामुक्त हुन पाउ भनि दिएको निवेदनको सुनवाई गर्दै अदालतले कारागार मुक्त गर्न आदेश दिएको विराटनगर उच्च अदालतले जानकारी दिएको छ ।

अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्ण र शारङगा सुवेदीको संयुक्त इजलासले मोरङ जिल्ला अदालतको आदेश बदर गरेको हो । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धान त्रृटीपूर्ण गरेको आरोपमा लोहनी सहित महानगरीय अपराध महाशाखाका डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्