एकाएक एन्फाले किन तोड्यो एपिवानसँगको पाँच करोडको सम्झौता


अखिल नेपाल फुटबल संघ (एन्फा)ले एपीवान एचडी टेलिभिजनसँगको गरेको पाँच करोडको सम्झौता तोडेको छ । एन्फाले गएको बर्ष मात्रै एपिवानसँग पाँच करोडको सम्झौता गरेको थियो । तर पछिल्लो निर्वाचित एन्फाको कार्यसमितिले सम्झौता तोडेको छ ।

एन्फाले विगतको सम्झौता अनुसार लाखौं रुपैयाँ घाटा रहेको बताएको छ । घाटा रहेका कारण पनि एपिवानसँगको सम्झौता तोड्नुपरेको एन्फाले जानकारी दिएको छ । गएको वर्षको जेठमा एन्फा र एपीवानले ३ वर्षका लागि करिब ५ करोडको सम्झौता गरेका थिए ।

सम्झौता अनुसार नेपालमा हुने अन्तर्राष्ट्रिय र एन्फाले गर्ने फुटबल कार्यक्रमहरुको प्रत्यक्ष प्रशारण गर्नेदेखि मार्केटिङ र स्पोन्सरको राइट लिएको थियो । एपीवानसँगको सम्झौता रद्द गरेसँगै एन्फाले आसन्न सहिद स्मारक ए डिभिजन लिगका लागि रामसार मिडियासँग नयाँ सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्