सलमानका कारण जेल गएका गुरुङ फेरी परे पक्राउ


करोडौँ ठगी गरेको आरोपमा पक्राउ परेर छुतेलगत्तै सिमान्त गुरुङलाई प्रहरीले फेरि पक्रेको छ । उनी बलिउड सुपरस्टार सलमान खानलाई नेपाल ल्याउने भन्दै ठगेको आरोपमा जेल गएका हुन् । उनी ठगी आरोपमा गत असार २९ गते महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरे पनि जिल्ला अदालत काठमाडौँले १५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएपछि उनी छुटेका थिए ।

उनी फेरी चेक बाउन्सको उजुरी परेकाले उनी फेरि पक्राउ परेका हुन् । गुरुङ विरुद्ध ९३ लाख रुपैयाँ बराबरको चेक बाउन्स भएको उजुरी परेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी मोहनकुमार थापाले जानकारी दिएका छन् । थापाका अनुसार गुरुङलाई बैंकिङ कसुरमा अदालत परिसरबाटै पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्