सर्लाहीमा सर्पको टोकाईबाट मृत्यु हुनेको संख्या बढ्दै


सर्लाही, ५ आषाढ । सर्लाहीको इश्वरपुरमा विषालु सर्पले डँसेर एक महिलाको ज्यान गएको छ । गर्मी सुरु भए सँगै सर्लाहीमा सर्पको टोकाईबाट मृत्यु हुनेको संख्या ५ पुग्यो इश्वरपुर नगरपालिका वडा न-१ शंकरगंज निवासी फेकु मण्डलकी ४५ वर्षिया श्रीमती सुरुजकला देवी मण्डलको विषालु सर्पको डँसाइबाट ज्यान गएको हो ।

उनलाई दिउँसो घर नजिकैको बारीमा काम गरिरहेको अवस्थामा गहुँमन सर्पले टोकेको श्रीमानले जानकारी दिनुभएको छ ।सर्पले टोक्ने बितिक्कै उनलाई अस्पताल नलगी झारफुँकको लागि धामीझाँक्रीको मा लगेका कारण उपचारमा ढिलाई हुँदा निजको उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पताल मलंगवा श्रोतले जानकारी दिएको छ । गर्मी सुरु भए सँगै विषालु सर्पको टोकाइबाट सर्लाहीमा अहिले सम्म ५ जनाको जना मानिसको मृत्यु भइसकेको जिल्ला अस्पतालको रेकर्डमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्