नेपाली नायिका सलमान सँग चलचित्र गर्दै ?


लामो समय देखी कुनै पनि चलचित्रमा नायिका जेनिसा के.सी देखिएकी छैनन् । उनी लामो समय सम्मा नदेखिनुमा उनका अनुसार उनी अहिले बलिउडमा करियर बनाउनको लागि संघर्ष गर्दैछिन्।

जेनिशा बलिउडमा संघर्ष गर्दा पनि निक्कै उत्साहित देखिन्छिन् । उनी उत्साहित हुँदै भन्छिन्, ” प्रियंका चोपडाको आमाले मलाई निकै माया गर्नुहुन्छ। स्मार्ट र राम्री भन्नुहुन्छ। उहाँको आग्रह पछि नै मैले प्रियंकाको ब्यानरको चलचित्रको गीतमा अभिनय गरेकी हूँ “।

बलिउडमा करियर बनाउनको लागि उनी अहिले जिम जाने, हिन्दी तथा उर्दु भाषा सिक्ने, सरोज खानसंग नृत्य सिक्ने गर्दैछिन्। नेपाली दर्शकहरुले जेनिसाले नेपाली चलचित्रमा राम्रो गर्न नसकेपछि बलिउड चलचित्रमा गएको भन्ने कुरालाई जेनिसा नकार्छिन्।

जेनिसाका अनुसार, बलिउडका मिथुन दा उनका बुवाका साथी हुन्। त्यसैले मिथुन दाले नै जेनिसालाई मार्गदर्शन गर्ने सलमान खान जस्ता अभिनेता संग भेटाउने गरेका छन् । भविष्यमा उनलाई सलमान खान संगका चलचित्रमा पनि देख्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्