चर्चित चलचित्र ‘पद्मावत’ पछी अजयको चलचित्र पनि थ्रीडीमा


संजयलीला भन्सालीको बहु चर्चित चलचित्र ‘पद्मावत’ थ्रीडीमा रिलिज भएको थियो । बिवादै विवादकाबीच यो चलचित्रले सफलता हात पारेको थियो ।
यस चलचित्रले ३०० करोड कमाएको थियो । अब अजय देवगनले पनि आगामी चलचित्र थ्रीडीमा बनाउने तयारीमा जुटेका छन् ।

‘टोटल धमाल’को सुटिङमा व्यस्त छन् अजय अहिले । त्यसपछि उनी लव रन्जनको एक चलचित्रमा काम गर्नेछन् । लगत्तै उनले ‘तानाजी’ बायोपिकमा काम गर्ने भारतीय मिडियाले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्