नेपाल अाईडल जस्तै सुरुहुदैछ अर्को बबाल रियालिटी शो


नेपाल आईडियल पछी हंगामा मच्चाउन अर्को सिंगिङ रियालिटी शो सुरुहुदैछ । १ सय ९२ मुलुकमा सम्पन्न भइसकेको शो अब नेपालमा हुन लागको हो । उक्त सिंगिङ फ्रेन्चाइज शो ‘दी भ्वाइस अफ नेपाल’ सञ्चालनका लागि आयोजक संस्था एएनसीसँग फेसन ब्राण्ड ‘क्याप्सुल ९’ ले सहकार्य गर्ने भएको छ । सोमबार राजधानीमा पात्रकार सम्मेलन गरी एएनसी र क्याप्सुल ९ ले सम्झौता गर्ने जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा क्याप्सुल ९ का तर्फबाट अध्यक्ष दीपकचन्द्र शर्मा र एएनसीका अध्यक्ष प्रल्हादसिंह महतले सम्झौता पत्र आदाप्रदान गरेका थिए । ‘दी भ्वाइस अफ नेपाल’ र क्याप्सुल ९ को लोगो अंकित टिसर्ट सार्वजनिक गर्दै क्याप्सुल ९ का प्रबन्ध निर्देशक बिनोद ढकालले सम्झौतापछि ‘दी भ्वाइस अफ नेपाल’ अंकित हरेक टिसर्टमा क्याप्सुल ९ को पनि लोगो रहने बताएका छन् ।

‘दी भ्वाइस अफ नेपाल’को निर्णायकमा गायक दीप श्रेष्ठ, अभया सुब्बा, प्रमोद खरेल र सोनुप पौडेल रहेका रहेका छन् भने उक्त शो कान्तिपुर एचडी टेलिभिजनबाट प्रसारण हुने भएको छ । ‘दी भ्वाइस अफ नेपाल’ को स्टुडियो भवन धुम्बाराही–४ स्थित प्रगतिमार्गमा निर्माण भइरहेको छ ।डिलरमार्फतयसको तयारी पूरा भइसकेको आयोजकले जनाएको छ । दर्शकले ‘दी भ्वाइस अफ नेपाल’ को टिसर्ट खरिद गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्