बिहे हुनु तीन हप्ता अगाबै छुट्यो जोन सीनाको सम्बन्ध


सम्बन्ध जोडीनु र टुट्नु कलाकारका लागि सामान्य जस्तै भएको छ । किनकी अक्सर कलकारको सम्बन्धका बारे धेरै खबरहरु आईरहेका हुन्छन् । यस्तै एक जोडीको विवाह हुनु भन्दा ३ हप्ता पहिला सम्बन्ध टुटेको खवर सार्वजनिक भएको छ ।

हलिउडका अभिनेता तथा रेसलर जोन सीनाले आफ्नी हुनेवाली पत्नी निकी बेलासँग ब्रेकअपको घोषणा गरेका छन् । यी दुई ६ वर्षदेखि प्रेम सम्बन्धमा थिए । बिहेको ३ हप्ताअघि जोनले ब्रेकअपको जानकारी दिएका हुन् । यी दुईले आफुहरुबीच भइसकेको बिहेको इन्गेजमेन्ट पनि रद्द गरेका छन् ।

ब्रेकप किन भयो कारण भने खुलेको छैन । उनीहरु दुवैको साझा भनाइ भन्दै एक पत्रिकाले लेखेको छ ‘यो फैसला गर्नु निकै मुस्किल थियो । छुट्टिएपछि पनि हामी दुवैले एक अर्कालाई माया र सम्मान दिनेछौं । कृपया जीवनको यो कठिन मोडमा हाम्रो व्यक्तिगत गोप्यताको सम्मान गरियोस् ।’ २०१२ मा सुरु भएको यिनिहरुको प्रेम २०१७ मा इन्गेजमेन्ट भएको थियो । जोनले निक्कीलाई रेसलमेनिया ३३ को मञ्चमै प्रपोज गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्