चर्चित गायक, गीतकार तथा संगीतकार हेमन्तको पछिलो एल्बम “प्रपोज” को स्विकार प्रेम प्रस्ताब गीत सार्बजनिक


चर्चित गायक, गीतकार तथा संगीतकार हेमन्त शिशिरको पछिलो एल्बम “प्रपोज” को स्विकार प्रेम प्रस्ताब गीत सार्बजनिक भएको छ । भ्यालेनटाईन लाई तयार गरिएको उक्त गीतमा सब्द, संगीत, स्वर मात्र नभएर संगीत संयोजन र ध्वनि मिश्रण पनि गायक आफैले गरेका हुन् । बहुप्रतिभाका धनि गायक हेमन्तको थुप्रै गीत बजारमा हिट छन् ।

जसको दिलमा अरु रैछ, हे भगवान, तिमि बिना सक्दिन म जस्ता एक दर्जन हिट भएका गीत बजारमा छन् । पच्छिलो समयमा आफ्नै स्टुडियो “शिशिर डिजिटल” खोलेर स्टुडियोको बेस्तताका कारण पनि स्टेज प्रोग्राममा कम जाने बताएका छन् । आशिष म्युजिक प्रा ली ले बजारमा ल्याएको भ्यालेनटाईन स्पेसल गीत प्रेम प्रस्ताब निकै उत्क्रिस्ट गीत भ्यालेनटाईन डे नजिकिएको कारण उक्त भिडियो लिप्सिंग खिचेर मात्र हल्किएको हो र उक्त गीत को भिडियो अर्को भ्यालेनटाईन मा लिएर आउनेछौ भनेर गायक हेमन्त शिशिरले बताउनु भयो । उक्त गीत हेर्न तलको लिंकमा क्लिक गर्न नभुल्नु होला ।

प्रतिक्रिया दिनुहोस्