रवि लामीछानेलाई भेटेपछि केपिले भने:सोनिका दिदि गलत हुनुहुन्न,नराम्रो नसोच्नुस


छोटो समयमा चर्चा कमाएकी भिजे हुन सोनिका रोकाया । उनको चर्चाको सफलताले खुशि मनाउने जति छन उनको खुट्टा तान्न र उनलाई गलत साबित गर्न मान्छे उति नै तल्लिन पनि छन । खास गरेर हिजोआज च्याउसरि उम्रिएका अनलाईनले आफ्नो समाचार बिकाउन सोनिकाले गर्दै नगरेका विषयमा समेत जोड्दै नराम्रो देखाउन तल्लिन छन । जुन कुरा पछिल्ला अनलाईनका समाचार र युट्युबमा आएका कमेन्टहरुले घाम जस्तै छर्लङ्ग पारिदिएको छ । हुनत उनलाई नजिकबाट चिन्ने र बुझ्नेले यो पनि बुझ्नुभएको छ कि सोनिका विन्दास छिन,दर्शकका लागी फरक तरिकाले मनोरञ्जन दिन पुर्ण रुपले लागी परिरहेकी पनि छिन । दुनियाले जे भनेनी सोनिका गलत छैनिन,बरु उनलाई गलत देखाउन पर्दापछाडी सयौ लागीपरीरहेका छन ।

यस्तैमा काठमाडौ सरसफाई अभियानका अभियनता केपि खनालले एक अन्तरवार्तामा आउंदै यो कुराको स्पष्टिकरण समेत दिएका छन । केही दिन अघि मात्र रवि लामीछानेलाई भेटरै अन्तरङ्ग कुरा गरेका केपिले रविसंग जोडेर सोनिकाको नाम बारम्बार आएको दुखेशो समेत व्यक्त गरे । उनले भने “सोनिका दिदिलाई म नजिकबाट चिन्छु र मलाई यो पनि थाहा छ कि उहाँले रवि लामीछानेलाई एकदमै सम्मान गर्नुहुन्छ । बिनासित्ति एकोहोरो मानसिकता बनाएर केही दर्शकले उहाँलाई गाली गरिरहनुभएको छ । मान्छे हो कहिलेकसो केही गल्ति हुनपनि सक्छ,त्सको लागी त उहाँले यसअघि पनि माफि माग्नुभएकै छ । यत्ति बुझ्नुस सोनिका दिदि मनको सफा हुनुहुन्छ । उहाँले कसैलाई नराम्रो सोचेर केही बोल्नुभएको भने पक्कै छैन “

विवादमा तानिरहने दिल निसानी मगरको अन्तरवार्ता लिएपछि सोनिकालाई केही व्यक्ति र दर्शकले गाली गरेका थिए । उक्त अन्तरवार्तालाई लिएर सोनिकाले स्पष्टिकरण समेत दिईसकेकी छिन । “दिल निशानी मगरको अन्तरवार्तामा रवि जि बारे मैलै केही नराम्रो बोलेको छैन ,गल्ति यत्ति भयो दिलको क्रियाकलापमा म हासे । तर त्यो रवि जि लाई लिएर हुदै होईन । यदि दिल निशानीको अन्तरवार्ता लिएर गलत गरे र मेरो प्रस्तुतीले तपाई चोट पुग्यो भने मनैदेखी माफि चाहन्छु । आगामी दिनमा मेरो प्रस्तुतीमा भएका कमजोरीलाइ सुधार्दै लैजानेछु,बरु सल्लाह सुझाव भने दिदै गर्नुहोला ।”

केपि खनालले सोनिकाबारे र रवि लामीछाने बारे बोलेको ताजा अन्तरवार्ता यहाँ हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस्