केकी अधिकारीले नाजिरको नांगो छात्तीमा के लेखिन ? भिडियो

Posted By Badal Nepal || Date: 1 December, 2017

काठमाडौँ. केहि दिन अघि टिजर र ‘चिपक चिपक’ बोलको गीत सार्वजनिक गरेर चर्चामा रहेको चलचित्र ‘राज्जारानी’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। करिब ३ मिनेट ११ सेकेन्ड लामो ट्रेलरमा नजिर र केकीको प्रेम तथा टकरारलाई निकै रोमान्चक ढंगले प्रस्तुत गरिएको छ। नाजिर र केकीले पहिलो पटक अन स्क्रिन रोमान्स गरेको चलचित्रमा तराईका युवा युवतीको प्रेम कथा र दाईजो प्रथाले एक युवतीको जीवनमा कस्तो असर पर्छ भन्ने विषयलाई  चित्रण गरेको छ। चलचित्रमा मधेशी लवजकै लागि भनेर धेरै  दिन वोर्क सप पनि गरेको जानकारी केकीले  दिएकी छिन् ।

यहि पौष २१ देखि मैथिली र नेपाली दुवै भाषामा देशभर एकैसाथ प्रदर्शन हुनेछ। चलचित्र मैथिली भाषा १० जिल्लामा प्रदर्शन हुने जानकारी निर्माण टिमले दिएको छ। यसका साथै  चलचित्र भारतमा पनि प्रदर्शन हुने भएको छ । भोर कम्पनी प्रा.लीका सी.ई.ओ. राज कुमार महतोसंग रु २० लाखमा चलचित्रको संझौता केहि दिन अघिनै निर्माण टिमले जानकारी गराईसकेको छ  ।

आर्यन फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रको निर्देशन  सफल लेखक यम थापा गरेका छन भने रमेश एमके पौडेल चलचित्रका प्रस्तुतकर्ता हुन्। चलचित्रमा नाजिर र केकी अधिकारीसंगै कामेश्वर चौरसिया , लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य लगायतको अभिनय छ । चलचित्रमा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, चन्दन दत्तको सम्पादन एवं विक्रम स्वारको नृत्य निर्देशन रहेको छ ।