भोलीको खेल बारे यसो भन्छन् कोच बिनोद दास !


एसिया कप अन्तर्गत शुक्रबार हुने अफगानिस्तान विरुद्धको खेल नेपालका लागि निकै महत्वपुर्ण रहेको प्रशिक्षक विनोद दासले बताएका छन्।

पछिल्लो पटक गत जुलाईमा सिंगापुरमा भएको विश्वकप छनोटमा नेपालले अफगानिस्तान विरुद्ध खेलेका दुबै खेलमा पराजय भोगेको थियो। उक्त खेल सम्झदै प्रशिक्षक दासले पछिल्लोपटक अफगानिस्तानको टोली राम्रो लयमा देखिएको बताएका छन्।
तर, भोलीको खेल फरक हुनेछ,’ दासले भने, ‘त्यसबेला भन्दा अहिले हामी ब्याटिंङ, बलिङ र फिल्डिङ तिनैमा बलिया छौ।’

अफगानिस्तानसँगको खेल प्रतिस्पर्धात्मक हुने दासले विश्वास व्यक्त गरे। ‘हामीले त्यसअनुरुप नै रणनिती बनाएका छौ। सबै खेलाडीलाई व्यक्तिगत रुपमा आफ्नो जिम्मेवारी थाहा भएकाले उनीहरुले त्यसैअनुरुप खेल्ने उनले बताए । साथै उनले हामीले कुनै दबाव महसुस गरेका छैनौ, सबैले खुलेर आफ्नो खेल खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्