सकियो छनौट खेल : यी हुन् रुस विश्वकप खेल्ने भाग्यमानी ३२ राष्ट्र !

Posted By Badal Nepal || Date: 16 November, 2017

सन् २०१८ मा रुसमा हुने हुने विश्वकपका लागि छनौट खेल सकिएका छन् । अर्को वर्ष रुसमा हुने विश्वकपका लागि छानिने सबै टिमको टुंगो लागेको हो । बिहीबार बिहान पेरुले न्युजिल्यान्डलाई हराएर छनौट भएँसगै सबै टिमको टुंगो लागेको हो ।

अब फिफाले छनौट भइसकेका राष्ट्रबीच अब मंसिर १५ मा आठ समूहमा विभाजन गरी ड्र गर्नेछ । समूह चरणको ड्र अक्टोबरको फिफा वरीयतालाई आधार मानेर गरिनेछ ।

सन् २०१८ को विश्वकप फुटबल आगामी १४ जुनदेखि १५ जुलाईसम्म रुसमा हुँदैछ । प्रतियोगिता रुसका विभिन्न ११ सरहका १२ रंगशालामा हुने तयारी छ ।

यी हुन् छानिएका ३२ टिम :

अफ्रिका क्षेत्र– मोरक्को, ट्युनिसिया, नाइजेरिया, सेनेगल र इजिप्ट ।

एसिया क्षेत्र– इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया ।

युरोप क्षेत्र– रसिया (आयोजक), स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड, पोल्यान्ड, सर्बिया, आइसल्यान्ड, क्रोएसिया, स्वीडेन, स्वीटजरल्यान्ड र डेनमार्क ।

उत्तर, मध्यअमेरिका तथा क्यारेबियन क्षेत्र– मेक्सिको, कोस्टारिका र पानामा

दक्षिण अमेरिका क्षेत्र– ब्राजिल, उरुग्वे, अर्जेन्टिना, पेरु र कोलम्बिया