राष्ट्रकविको हातबाटआर्शिवाद लिई घरदैलो अभियानमा रमेश चिलुवाल (भिडियो सहित)

Posted By Badal Nepal || Date: 9 November, 2017

चुनावी माहोल यतिबेला सरगर्मी रुपमा बढ्दो छ । बिशेष गरी मंसीर २१ गतेको चुनाबका लागी प्रतिनिधिहरुले आजबाट घरदैलो कार्यक्रम शुरु गरेका छन् । ति मध्ये बिबेकशिल साझा पार्टीले शुरुका दिन देखिनै आफ्नो प्रचारशैलीलाई केही फरक ढंगले गर्न खोजिरहेको देखिन्थ्यो । आफुलाई पार्टी विशेष भन्दा पनि बिबेकशिल व्यक्तिहरुको झुण्ड भनेर समाजमा चिनाउन लागेको यो पार्टीका एक उमेद्वारले आजबाट बाट शुरु गरेको घरदैलो कार्यक्रमको शुरुवात अलि फरक पाराको भयो । पुराना पार्टीको पहिलेदेखिको चलनलाई चिर्दै पार्टीका शिर्ष नेताको आर्शिवाद थापेर घरदैलो आरम्भ नगरीकनै राष्ट्रीय व्यक्तित्वको हातबाट आशिष थापी घरदैलो कार्यक्रमको आरम्भ गरेका छन् ।

ति व्यक्ति हुन बिबेकशिल साझा पार्टीको क्षेत्र नं छ का उमेद्वार रमेश चिलुवाल । चिलुवालले आज बिहान राष्ट्र कवि माधव प्रसाद घिमेरेको हातबाट आशिष थापेर क्षेत्र नम्बर छ अन्र्तगत लैनचौर एरीयाबाट घरदैलो आरम्भ गरेका छन् । उनी संगै सोही क्षेत्रबाट उठेका अन्य बिमला देवि अधिकारी र अजित खड्काले पनि घिमिरेको हातबाट माटोको टिका सहित आशिष ग्रहण गरेका छन् । चिलुवाल द्वन्द पिडित परिवारका सदस्यका साथै सामाजिक अभियान्ता पनि हुन् ।

लमजुड. जिल्ला धमिलीकुवा राईनासमा जन्मिएका चिलुवाल आफ्नो राष्ट्र निर्माणका लागि युवाको अपरिहार्यतालाई स्विकार गर्दै केही अगाडी अमेरिकाको ग्रिनकार्ड त्यागेर नेपालमै बसोवास गर्दै आईरहेका छन् । नेपाली राजनितीमा देखिएको खराब मानसिकतालाई चिर्नको लागी भन्दै आफ्नो उमेदरी दर्ता गरेको उनी बताउछन् । त्यस्तै बिमला घिमिरे पनि लमजुड.कै हुन भने अजित काठमाण्डौ मनमैजुका बासिन्दा हुन् ।