ललितपुर ३ मा समाजसेवी गोमा थापाको उम्मेदवारीले अरु छायाँमा

Posted By Badal Nepal || Date: 4 November, 2017

ललितपुर: आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका लागि समाजसेवी गोमा थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । उनको सहयोगी भावानाबाट प्रभावित ललितपुरबासीको चर्को दबाबपछि नै आफूले उम्मेदवारी दर्ता गराएको बताइन् । उनले भनिन्, ‘यहाँका स्थानीयको चर्को दबाब र देश विदेशमा रहनुभएका साथीभाइहरुको आग्रहले नै मैले उम्मेदवारी दर्ता गराएकी हुँ । अहिले जनताले राजनीतिक दलबाट विश्वास गुमाइसकेकाले वैकल्पिक उम्मेदवारको खोजी स्वरुप मलार्इ उम्मेदवार बनेकि हुँ ।’

गोमाले आफ्नो उम्मेदवारी कसैको विरुद्धमा नभएको बताउँदै परिवर्नका पक्षमा भएको बताइन् । थापाको उम्मेदवारी दर्तासंगै यतिखेर ललितपुरको राजनीति तरंगित बनेको छ । थापा दुर्इ दशकदेखि विभिन्न संघसंस्थाहरुमा आबद्ध रहेर समाजसेवा गरिरहेकी महिला हुन् । उनले आफ्नो दुई दशकको समाजसेवामा गरिएको लगानी नै ललितपुरमा आफ्नो भोट बैंक भएको बताएकी छिन् । ललितपुरका सबै पार्टीहरुका नेता कार्यकर्तासँग उनको समान व्यवहार, आदिवासी जनजाती बीच लोकप्रिय छवि र विभिन्न संघसंस्था प्रति उनको योगदानले ललितपुर क्षेत्र नं: ३ मा उनको राम्रो छाप छोडेको छ ।

विगत दुई दशकदेखिनै कम्प्युटर शिक्षालाई व्यापक बनाउन निःशुल्क रुपमा सयौं कम्प्युटर गाउँ-गाउँमा पुर्‍याएकि थापा सांस्कृतिक घरको उपनामले चिनिन्छन् । उनको श्रीमान् गोपाल केसी अन्तर्राष्ट्रिय व्यवसायी हुन् । उनले सिंगापुरलार्इ ‘बिजिनेस हब’ बनाएर दुई दशकअघिदेखि व्यवसाय गर्दै आएका छन् ।