मतपत्रको विवाद निकालेर निर्वाचन रोक्न नहुने

Posted By Badal Nepal || Date: 28 October, 2017

नगरकोट, (रासस) – नेकपा (एमाले) का युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं २ र प्रदेशसभातर्फ सूर्यविनायक तथा चाँगुनारायण नगरपालिका क्षेत्र जित्ने जिकिर गर्नुभएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा स्थानीय तहको निर्वाचनलाई आधार मान्दा भक्तपुरमा एमाले प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं २ र प्रदेशसभातर्फ सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्र जित्ने बताउँदै मध्यपुर थिमीमा एमाले र काँग्रेसको कडा प्रतिस्पर्धा हुने जिकिर गर्नुभयो ।

उहाँले वाम गठबन्धनबाट सरकार अतालिएर निर्वाचन रोकिए देश द्वन्द्वमा जाने खतरा रहेको बताउँदै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देश आर्थिक समृद्धिमा जाने लागेको बेला मतपत्रको विवाद निकालेर निर्वाचन रोक्न हुँदैन भन्नुभयो ।