चिकित्सकद्धारा विरामी बलात्कृत

Posted By Badal Nepal || Date: 12 October, 2017

रसियाको दक्षिण पश्चिम क्षेत्रमा रहेको समारामा चिकित्सकले स्तन शल्यक्रियामा आएकी एक विरामीको बलात्कार गरेका छन् । ३१ बर्षिया महिला आफ्नो बच्चालाई स्तनपान गराएपछि आफ्नो स्तनको शल्यक्रिया गराउन स्थानिय प्लाष्टिक सर्जरी केन्द्रमा गएकी थिइन् । सर्जरी गर्ने कोठामा गएपछि उनलाई लठ्याउन एनेस्थेसिया दिइएको थियो । त्यसलगत्तै चिकित्सक युरी चेर्निकोभले उनलाई बलात्कार गरेका थिए । बलात्कार पछि चिकित्सक युरीले पिडित महिलालाई चकलेट दिदैं यो सबै घटनाको दोषि तिमी आफैं हौ किनकी तिमि साह्रै राम्री भयौं भनेका थिए ।