एक रातमा उडाए ८२ करोड, किम कार्दासियनसँग रात बिताउन १ अर्बको अफरः यस्ता छन् साउदीका नयाँ युवराजाधिराज

Posted By Badal Nepal || Date: 12 October, 2017

साउदी अरबका राजा सलमानले युवराजाधिराज र आफ्ना भतिजो मोहम्मद बिन नायेफ (५७) लाई उनको पदबाट हटाएका छन् । राजाले उनको सट्टा आफ्ना ३१ वर्षीय छोरा मोहम्मद बिन सलमानलाई देशका नयाँ युवराजाधिराज घोषणा गरेका छन् । युवराजाधिराजलाई यससँगै देशका प्रधानमन्त्री पनि बनाइएको छ । योभन्दा अघि उनले उप–प्रधानमन्त्री र रक्षामन्त्रीको पद सम्हालेका थिए ।

मिडिया रिपोर्ट अनुसार युवराजाधिराज मोहम्मदलाई दुई वर्ष पहिलेसम्म कसैले चिन्दैनथे । यद्यपी, बुवा राजा बनेपछि उनले निकै तीब्र रुपमा देशको सत्तामा आफ्नो पकड जमाएका छन् ।